Thursday, January 6, 2011

देश बिर्सिदिन्छु म!


यही गतिमा देश जानेहोभने 
एकादेशमा
नेपाल भन्ने देश थियोरे
अनि यो माटो
हाम्रा बा ले
त्यहि  देशबाट खोस्रेर ल्याएकोरे
हेरत कस्तो चिसो
हिमाल हिमाल टल्कने 
बुद्ध बुद्ध झल्किने
सायद् स्वर्ग भनेको त्यै होला
भनेर नानिहरुले भने भने
छाति भत्भति पोल्ने गरी 
देश बिर्सिदिन्छु !
नेपाल बिर्सिदिन्छु

अहिलेपनि
नेपाली कसरी भएर
एउटै टायर सल्काउन सकेको होइन 
बाटोहरुमा 
कुनै पार्टिको कुपनकाटियो 
फरियाको साईनो गासियो 
छैन बन्दुके समुहहरु पनि 
नत्र घन्काइ दिन्थे परेठ 
बस्तीहरुमा 
सनक चडेकै भरमा 
खसालीदिन्थे परेवा  
भनिदिन्थे यो बिर्ता मेरो हो
मालिकहरुले जस्तै
यो देश मेरो हो

चक्रीय प्रणालिको
रुमाल लुकाइ खेल हेर्न-
बोलाउन सक्छु बिदेशी पाहुनहरु 
गल्फ खेलको
" "पनि जानिएन महाराज !
आँफै मुर्ती बनेर गजक्क बसे 
तर बेचीन प्रभु !
गोठालामा -
जाबो डन्डिबियो खेलेको भरमा 
कसरी पर्यटन प्रबर्धन गर्न सक्छु ?
धिक्कार मलाई 
नेपाली बन्न सकिन

डेड अक्कल लगाउदा
कहिले काही
नेपाली हु जस्तो पनि लाग्छ
गाउँमा हलो जोतेकै हो
झलझलीछन आँखामा 
सुन फल्ने गराहरु …..
खलखली पसिना चुहाउने मन .. 
तर कहाँ कमाउन सक्छु ?
पर्ती फाटहरु!!

1 comment:

  1. यथार्थपरक ! नेपाली हुनुको परिचय यसरी तोडमरोड गरि सकियो, यो नयाँ पहिचान बोकेर हिँड्न समेत विचार गर्नु पर्ने बेला आइसक्यो ।

    ReplyDelete