Thursday, January 6, 2011

गजल (मनछ )

छिट्टै आउछु  हैत  “प्रिया” नचिम्लेरै हेर्ने मनछ
साह्रो चिसो भा' छात्ती अङगालोले बेर्ने मनछ

 सपनामा जहिले पनि आएजस्तो गरि भाग्यौ
पलपल सधैं तड्पेकोछु धोको सबै फेर्ने मनछ

हुँदैनौकी साथै भनि कतिमान्नु डरचिन्ता
सिन्दुर हालि सिउदोमा बन्धनले घेर्ने मनछ

बाचाकसम खानुपर्छ एक अर्काको भयौ भनि
हासिखुशी दुनियाँको सङ्कोचलाइ केर्ने मनछ 

इच्छा रहर सङ्गालेका धक नमानीखोले तिम्ले
आज्ञाकारी भन्छन "रमेश" सबैकुरा टेर्ने मनछ

No comments:

Post a Comment