Friday, March 18, 2011

गजल (होली)

निथ्रुक्कै भिज्नेभो मायालुको चोली
हान्दैछन पिच्कारीले रङपानी घोली

सुनामिछ बाटो भरि कस्ले फेरिहान्छ
बाँच्नलाई गाह्रोछ राख्ने हो कि झोली

छेक्नलाइ सकिदैन बिकिरण सरि
बर्सिदैछ छतबाट लोलाको त्यो गोली

बिगबिगिछ बाटोभरि रोक्ने कस्ले हो
ढोलपिटी आउँदैछ फेरी आर्को टोली

छेपाछेपछ फोहरपानि एकअर्काको जिउमा
रङैरङमा रमाउथियौ आर्कै थियो होली

No comments:

Post a Comment