Saturday, April 9, 2011

गजल(भ्याटबिलको कुरा)


के गर्नु नक्कली भ्याटबिलको कुरा
देश लुट्ने लुटेरा बाजचिलको कुरा

उन्दैछन लामो शेर पुस्तौपुस्ता पुग्ने
छटपटिमा गरिवी माछासिलको कुरा

ढाडिएर बसेकाछन जुकेहरु यहाँ
डकार्छन कैलेकाही हाम्राखिलको कुरा

काले काले मिलेकाछन खानुपर्छ भनि
कालोधन सेतो पार्ने झुठमिलको कुरा

अस्लिल नाच नाची आँफै के हेरेको भन्छन
छोडभो जगत हास्ने नाङ्गोरिलको कुरा

No comments:

Post a Comment