Wednesday, April 27, 2011

गजल(राख्याछु)

हास्दै आउनु मुलबाटोमा हेरिराख्याछु
झुक्किएला पछौरीले मुख बेरिराख्याछु

बोल्न सक्छु सक्दिन भेटहुदा कुन्नि
हातकमाउदै ढुङ्गाले भुइ केरिराख्याछु

अनायशै कतिकुन्ठा बग्लान भनि आँफै
चारैकिल्ला मनको बह घेरिराख्याछु

सत्रुलाइनि नपरोस है टाढा भइबस्न
छट्पटिदै नियतीको चाल टेरिराख्याछु

जिर्ण भाछ  शरीर यो मुटु हराइबस्दा
भेट्ने पल सम्झी सास फेरिराख्याछु


1 comment: