Sunday, October 31, 2010

गजल

कती सुन्दर देख्थे मैले पैले पैले उन्लाई 
झ्यप्प दियो निभे पछी सम्झिराछु जुनलाई 

आफु बगी असारको भेल मैले तारेको थे 
तरे पछी बैगुनिले बिर्सि गई गुन्लाई 

भत भती पोल्ने गरी कती सारो जल्यो मुटु 
आसोच बार्दै हाम्रो प्रेमको सम्झी राछु नुनलाई 

दागै दाग छात्ती भरी उन्ले छाडे पछी 
के सम्झनु आर्कैको त्यो गला भरको सुनलाई 

अर्ती सबै सम्झीय्रर पछुतो आँखाभरी 
खोक्रो पारी जाने जात मकैको त्यो घुनलाई
 

1 comment:

  1. सबै गजल एकै पटक राख्नेु भएछ। राम्रा छन् जति पढे नि तिर्सना नमेटिने तपाइँका गजल ।

    ReplyDelete