Tuesday, October 26, 2010

गजल (तान्न पाए हुन्थ्यो)

अन्तिम सास हाम्रैलागि तान्न पाए हुन्थो
बैरी भए आफन्तजन मान्न पाए हुन्थो

सुन आफै राम्रो भन्छन सुगन्धले उनी पूर्ण
जिम्मुले झै पिरतिलाई झान्न पाए हुन्थो

जात हाम्रो फरक छ रे दुनियाँलाई सोधे भन्छन
मनपरेका मान्छे हामी छान्न पाए हुन्थो

छिमेकीको त्यही काम राम्रो आफ्नो इज्ज्त जाने किन
आदर्शको पैरो जाला धान्न पाए हुन्थो

कुन दैवले पार्‍यो गाठो जेल्छु अझै भनिराछन
अन्तिम धक्का अबिश्वासमा हान्न पाए हुन्थो

No comments:

Post a Comment