Tuesday, October 26, 2010

कविता (बिहानी)

चकमन्न अध्यारो
चुक अमिलो पोखिए जस्तो /
कुकुरहरु भुकिरहेका
चिरबिर आवाज बिहानी प्रहर,
बगर वरिपरी छरपष्ट सपना
मै माथि खनिएको भेल
विदुषी नारीको रहरजस्तो
मैले देखेको सपना
ओहो! मलाई ऐठन हुन्छ /

आँखा भरि सजाएका रहरर्संग
एक हत्केला ठेला बेच्न
पौरखी बनेर उभिएको मुर्दा शरीर
दोमन भएर आखिर नतरे पनि त हुन्थ्यो !

अर्कै सपना सजाए पनि त हुने,
मन खंग्रंग हुनेगरी
बाटो सकिएको भिर
छाँगोबाट खसेको शरीर
क्षत विक्षत मेरो वर्तमान
उनि अगाडिको डिल सम्म पुगेर फुत्किएको हात
कसरि शुभ-संकेत हुन्छ र?

दिनभरिको मेलाबाट फर्केको बुढो शरीर
थकित मनमा खेलाएका कुराहरु
सुनौलो बिहानीका लागि सुतेका रात
खैलाबैला गरि उभिएको भिड - पर
स्वागत गर्दैछ नयाँ बर्षलाई
उषा किरण छर्दै झुल्केको त्यो बिहानी !

No comments:

Post a Comment