Sunday, October 31, 2010

गजल

घुम्टो उठाई यी हातले सिंदूर भर्ने मन्छ
तिम्रै हातले पिलाऊ बीस, काखमै मर्ने मन्छ

जती हेर्यो लोलाएर उतै नजर गएपछि
उनकै तिर कुम्लो बोकी बसाई सर्ने मन्छ

पिंजराको सुगा जस्तो बंधक परे पछि
तिम्रै नाम गाउछु मत, रियाज गर्ने मन्छ

धपक्क दीप जस्तो चन्द्र मुहार बले पछि
मून बग्गी बोलाएर "प्रिया" हर्ने मन्छ

औशी रात पारी आफु बिलीन हुने चन्द्र भन्छन
दुनियाले जे भनेनी तिम्रै भर पर्ने मन्छ

No comments:

Post a Comment