Sunday, October 31, 2010

गजल

यादै याद को पर्खालले प्रित हाम्रो बारेको
टिपि लाने कस्को तागत मनमन्दिरमा सारेको

पाइलै पिच्छे हण्डरहरु, चट्टान फोर्न गार्हो भन्थे 
संग संगै हिडे पछि आंटि मनलाई खारेको

डाहा गर्ने तड्पिएर मुर्छा पर्छन् छाति पिटि
लक्ष्य एउटै रेल एउटै, भाग्य ले पारेको

जोडिएका कति नाम, उनका पनि मेरा पनि
भगवानले हाम्रा निम्ति, ति नामलाई टारेको

स्वर्ण अक्षर बिजयको, हाम्रो नाममा लेखेको
इर्ष्या गरी छिर्के हान्ने, दुनियाँले हारेको

No comments:

Post a Comment