Sunday, October 31, 2010

गजल

                                                          
राजतन्त्र फेरियो राजाहरू फेर्न बाँकी
गद्दार सबै नेताहरूलाई सेर्न बाँकी

पटक पटक हार्यो देश आफू हार्या छैन भन्छन्
एउटै चिहान पारी यिनलाई बेर्न बाँकी  

देशै बन्धक राखी मुकुट लाउने रहर तीनको
ओर्लि जनता फरजी तमसुक केर्न बाँकी

धेरै खेले पराइले खरानी भयो देश हाम्रो
बैरी छिर्ने गौँडाहरु घेर्न बाँकी

हातेमालो गरी यहाँ चट्टान फोर्न थालेपछि
स्वर्ग बन्छ देश हाम्रो हेर्न बाँकी

No comments:

Post a Comment