Sunday, October 31, 2010

गजल

बैगुनिलाई कल्पिएर खेरा गए रातहरु
छिया छिया भयो मुटु बल्झिएर घातहरु

झुल्केघाममा हिमालझै टल्किएर आखभरि
गोधुलिको साझ ल्यौंदा चढेका ती मातहरू

पाखैभरि गुरांस फुल्ने एकलास ठाउहरु
मेटाउन सक्दिनम सम्झनाका खातहरू

संगै गुडयौ जस्तो लाग्थ्यो एकै रथ का दुई पांग्रा
युगौ युगको यात्रा गर्न कस्सिएका हातहरु

छहारी त्यो बरपिपलको मन भरी सजाएर
पानी भन्न पाईएन छुरा धस्ने जातहरू

No comments:

Post a Comment