Sunday, October 31, 2010

गजल

भेट्दा खुशी छूट्दा आसुँ प्रकृतीको झेल रैछ 
मीलन भन्नु बीछोड भन्नु समयको खेल रैछ 

एकै छीनमा उठ्नुपर्ने चौतारीको बसाइ हामरो 
जाने गाउँ फरक फरक दोबाटोको मेल रैछ 

कल्पनामा आश कती बाधै बाधले छेकउ जस्तो 
सपनासबै बगाइ लाने उर्लदो भेल रैछ 

लजालु त्यो अधरसँगै मंद मुस्कान सामीप्यमा 
बीर्सनलाई कती गार्हो मुटु छेड्ने नेल रैछ 

यात्रा भरी काख तीम्रो अाफैलाई हराएथे 
कुन दीनमा जन्मे कुन्नी भाग्य मेरो फेल रैछ 

भेट्दा खुशी छूट्दा आसुँ प्रकृतीको झेल रैछ 
मीलन भन्नु बीछोड भन्नु समयको खेल रैछ
 

No comments:

Post a Comment