Sunday, October 31, 2010

गजल

रहरहरु छड़काएर ढाक्न गाह्रो
कट्मेरो पिरती यो पाक्न गाह्रो

हासीखुसि रमाएर उनि एतै फुल्दा पनि
आंगनीमा "बा" ले जन्ती डाक्न गाह्रो

डोह्रयाउने ति हातले सिउंडी बार लाइदिदा
गौडै पिच्छे भाजाहरु फ्याक्न गाह्रो

पराइहातले सजाई सिउँदो आज्ञाकारी बनेतिमी
बल्झीएको मुटुमा सुलिहरु जाक्न गाह्रो

मेरो मनमा बसी तिमी अन्तै भर पर्छौ भने
संकै संका तिमीलाई कम आक्न गाह्रो

No comments:

Post a Comment