Sunday, October 31, 2010

गजल (दशै बिशेष)

ह्वाङैछ छानो मनको छाउन पाइएन

अक्षता जमरानी लाउन पाइएन

संगी सबै उमंगले पिङ्मा झुमेहोलान
चचहुइ माच्चाएर गाउन पाइएन

चङ्गा सरी सपनामा  उडाएर मन
चेट भयो मुग्लानमा आउन पाइएन

आशिष थाप्ने रहरयो बन्दी परदेशमा
गन्नेमान्ने आफन्तजन धाउन पाइएन

के खेल्यो नियतिले आँखा भिजिराछ
पापी रैछ समययो रमाउन पाइएन

No comments:

Post a Comment