Sunday, October 31, 2010

गजल

जे जे पर्ला सहिदिन्छु मनको राजा चुनेकिछु
नवैलाउने दुबोमाला स्यम्बरलाई उनेकिछु

हिमपात झरी कस्तो ठक्ठकी जाडो बढ्यो
प्रियतम तिम्रो लागि एउटा स्विटर बुनेकिछु

दुनियाको आँखालाग्ला होसियारी साथ हिड्नु
बाटो छेकी जाऔं भन्ने बिगबिगी सुनेकिछु

मुलपानीको बाटोगरि मुहान सबै बोकी आउनु
प्यास साह्रो लाग्ने गरि रहरहरु थुनेकिछु

पिपलुलाई बरको भर बरलाई पिपलुको
छहारी त्यो चौतारीमा मनमनै गुनेकिछु

No comments:

Post a Comment