Sunday, October 31, 2010

गजल

मुहानबाट बाढीको भेल पसेपछि डर लाग्यो
अविस्वासको खाडल भित्र फसेपछि डर लाग्यो

संगसंगै हिडेकाछौ सारासंसार जित्छु लाग्थो
रगताम्मे तिम्ले छुरा धसेपछी डर लाग्यो

आँसु बगाई कतिरात बितेकाथे तिम्रालागि
प्रिया भन्न नपाई वचन बसेपछि डरलाग्यो

मलाई दुख्दा तिमि रुन्थ्यौ, तिमि हास्दा खुशी
बिर्सु भन्दा तिम्रो यादले डसेपछि डर लाग्यो

बालुवाको महल ढल्दा टेक्ने ठाउं हुन्न भन्थे
सजाएको तिम्रो तस्विर खसेपछि डर लाग्यो

No comments:

Post a Comment